सगरमाथा माविका नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत तथा अभिमुखिकरण
July 22, 2023

July 22, 2023
नविन लुइँटेल, देवदह । रुपन्देहीको पुर्वी भाग देवदहमा अवस्थित स्वर्णिम सगरमाथा कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेको छ । शनिबार एक कार्यक्रमबीच कलेजले विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम स्थानीय ॐ दर्शन पार्टी प्यालेसमा सम्पन्न गरेको हो l
सो कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले औपचारिक शिक्षा मात्र नभएर प्राविधिक शिक्षा जस्तै होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई होटेल अवलोकन गराइ कसरी व्यापार गर्न सकिन्छ भन्ने पनि कलेजमा सिकाईने बताए। उनले कम्प्युटर साइन्सका विद्यार्थीलाई टेक्निकलतिर जोड दिएर अगाडि बढाउन बिगतका दिनमा पनि सगरमाथाले शैक्षिक गुणस्तर कायम गर्दै आएको र आझ थप परिवर्तन ल्याउन सगरमाथा अगाडि बढेको बताए ।
कार्यक्रममा बोल्दै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयमा पालना गर्नुपर्ने आचार संहिता प्रस्तुत गरेका थिए भने डा. तारा जीले विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम दिएका थिए ।
कार्यक्रमको सहजीकरण कलेजका सहप्राचार्य प्रदिप अधिकारीले गरेका थिए।