सगरमाथामा शिक्षक अभिभावक अन्तरकृया कार्यक्रम सम्पन्न
July 20, 2023

July 20, 2023
सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा कक्षा पाँचमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच एक बृहत अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । विद्यार्थीको सिकाइ प्रकृयामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रममा कक्षा शिक्षकहरु नेन्सी थापा, मिना कुँवर र अन्जु श्रेष्ठले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकाम्स अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सृजनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई उनिहरुको मनोविज्ञान अनुसारका शिक्षण विधि द्धारा अध्यय्न गराउनुपर्नेमा जोड दिनु भयो । विद्यालयका ९० बढि अभिभावकहरु उपस्थित उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्क्षता र सह–प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भयो ।