सगरमाथा आवासीय मा.वि.मा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न
August 24, 2026
August 24, 2026
कार्यक्रमलाई सम्बोधन गर्दै सहप्राचार्य प्रदीप अधिकारीले साना उमेरका विद्यार्थीलाई शिक्षण गर्दा शिक्षक तथा अभिभावक संयमित हुनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूको संवेगात्मक अवस्था र शारीरिक विकासलाई ध्यान दिँदै उनीहरूका क्रियाकलापलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यार्थीहरूको परीक्षा तथा मूल्याङ्कन पद्धतिबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा यूकेजीका कक्षा शिक्षकहरू अमृता सापकोटा, दुर्गा पोखरेल र आकृति मगरले आ–आफ्ना विद्यार्थीहरूको समष्टिगत विवरण प्रस्तुत गर्नुभएको थियो।
विद्यालयका ७० भन्दा बढी अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रम सहप्राचार्य प्रदीप अधिकारीको अध्यक्षता, सहप्राचार्य लेखनाथ काफ्लेको स्वागत तथा प्रा.वि. संयोजक रस्सा के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो।