सगरमाथा आवासीय मा.वि मा कविता प्रतियोगिता सम्पन्न
August 25, 2023

August 25, 2023
सगरमाथा आवासीय मा.वि., देवदह —७, शीतलनगरमा कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको काव्य कला प्रस्फुटन गराउने उद्देश्यले आज एक वृहत कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ५ देखि ७ र ८ देखि १० गरी दुई समूहमा प्रतियोगिताको मूल्यांङ्कन गरिएको थियो । प्रतियोगितामा जुनियर समूहतर्फ Blue सदनका पुस्कल पाण्डे प्रथम, Red सदनकी स्मृति न्यौपाने द्धितीय, Blue सदनकी दीया बस्याल तृतीय र Blue सदनकी दीपिका अर्यालले सान्त्वना स्थान हासिल गरेका छन् । त्यसैगरी सिनीयर तर्फ Yello सदनका अंकुर पोखरेल प्रथम, Green सदनकी कृति न्यौपाने द्धितीय, Blue सदनका नेत्र भुसाल तृतीय, र Blue सदनकी नियति श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेका छन । सगरमाथा वाल साहित्य क्लवको अध्यक्ष दीया बस्यालको अध्यक्षता र विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा शिक्षक दधिराम ज्ञावाली, बिष्णुमाया प्रधान र नारायण भुसालले निर्णायकको र शिक्षक मिना कुँवरले संञ्चालकको भूमिका निवाह गर्नुभएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिले विद्यार्थीहरुमा काव्य सम्बन्धि ज्ञानवृद्धि गरी कविता लेखनको कलालाई अभिवृद्धिगर्न यस्ता कार्यक्रमले मद्दत पु¥याउने कुरा व्यक्त गर्नु भयो । कविता प्रतियोगितामा १०० वढी प्रतियोगी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।