सगरमाथा आवासीय मा.वि मा इन्टरयाक्ट क्लब पुनर्गठन कार्यक्रम सम्पन्न
June 25, 2023

June 25, 2023
देवदह नगरपालिका वडा नं. ७, शीत्तलनगरमा अवस्थित सगरमाथा आवासीय मा.वि.मा क्रियाशिल इन्टरयाक्ट क्लव अफ सगरमाथाको आज पुर्नगठन गरिएको छ । क्लवका नि–वर्तमान अध्यक्ष कंकुर पोख्लेलको अध्यक्षता र विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्लेको आतिथ्यतामा सम्पन्न उक्त पुर्नगठन समारोहले कक्षा ९ का विद्यार्थी आषिस अर्याललाई क्लबको पे्रसिडेन्ट चयन गरेको छ । भेलाले प्रेसिडेन्ट इलेक्टेडमा डेभिड नेपाली लगाएत २९ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सचिन पंगेनीले नव निवाचीत कार्य समितिले प्रभावकारी रुपमा विद्यालमा कार्य सम्पादन गर्न पर्नेमा जोड दिनुभयो । विद्यालयका १०० बढी विद्यार्थी सहभागी उक्त कार्यक्रम विद्यार्थी नेत्र भुसालको सञ्चालनमा सम्पन्न भयो ।