सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीच त्रिकोणात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
August 17, 2026
August 17, 2026
कार्यक्रममा विद्यालयका सहप्राचार्य प्रदीप अधिकारीले शिक्षक र अभिभावकबीच सकारात्मक तालमेल कायम हुन सके बालबालिकाको सिकाइ उपलब्धि र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा सहभागी अधिकांश अभिभावकले विद्यालयले प्रयोग गर्दै आएको व्यावहारिक तथा आधुनिक शिक्षण पद्धतिको प्रशंसा गरेका थिए । सो अवसरमा एलकेजीका कक्षा शिक्षक अम्बिका गैरे, सीता कँडेल र स्मृति ढकालले विद्यार्थीको समष्टिगत शैक्षिक विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ७० भन्दा बढी अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक रस्सा केसीको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय सञ्चालक कल्पना पौडेल तथा शिक्षक दधिराम ज्ञवाली, डिल्लीराम पराजुली र विशन घलेले सहजीकरण गरेका थिए ।