सगरमाथा आवासीय माध्यमिक विद्यालयमा बुद्धिचाल प्रतियोगिता सम्पन्न
August 17, 2026
August 17, 2026
विद्यालयमा क्रियाशील अतिरिक्त क्रियाकलापसम्बन्धी संस्थाको आयोजनामा तथा अतिरिक्त क्रियाकलाप संयोजक दधिराम ज्ञवालीको संयोजकत्वमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा विद्यालयका ७० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।प्रतियोगिताको जुनियरतर्फ कक्षा ६ ब्लुका अविश्रान्त न्यौपाने प्रथम, कक्षा ७ ब्लुका अंकित कुँवर द्वितीय र कक्षा ५ ग्रीनका प्रमिस चापागाईं तृतीय भए। त्यसैगरी, सिनियरतर्फ कक्षा ९ रेडका पुस्कल पाण्डे प्रथम, कक्षा १० रेडका सुवोध पाठक द्वितीय र कक्षा ९ ब्लुका दिक्षान्त गुरुङ तृतीय स्थान हासिल गर्न सफल भए।प्रतियोगितालाई सम्बोधन गर्दै विद्यालयका सह–प्राचार्य प्रदीप अधिकारीले चेसजस्ता बौद्धिक खेलले विद्यार्थीको सोच्ने क्षमता, तार्किक क्षमता तथा सिकाइ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।कार्यक्रममा कक्षा ८ रेडका अनुज खनाल, कक्षा ९ रेडका युजिन गुरुङलगायत विद्यार्थीहरूले सहजीकरण गरेका थिए। विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकाससँगै बौद्धिक तथा अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको जनाएको छ।