विद्यालयमा कक्षा ४ देखि ६ सम्म अध्ययनरत विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
August 9, 2026
August 9, 2026
प्रतियोगिताको छनोट चरण पार गरेका विद्यार्थीहरूको समूह गठन गरी अन्तिम चरण सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, सामान्य ज्ञान अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषोत्तम न्यौपानेको समूह प्रथम, प्रान्सु भट्टराईको समूह द्वितीय तथा निब्या रानाको समूह तृतीय भएको छ ।
कार्यक्रम विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको सञ्चालन शिक्षक जय भण्डारीले गरेका थिए भने विद्यार्थी प्रश्ना मगर र लक्ष्य न्यौपानेले सहजीकरण गरेका थिए ।