कक्षा प्लेग्रुप र नर्सरीमा अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
August 10, 2026
August 10, 2026
कार्यक्रममा सहभागी अभिभावकले शिक्षालाई व्यावहारिक तथा जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्लेग्रुपकी कक्षा शिक्षिका तारा पुन तथा नर्सरीका कक्षा शिक्षिका गोमा काफ्ले, निर्मला राना र अनिता डम्मरपालले विद्यार्थीहरूको समष्टिगत विवरण प्रस्तुत गरेका थिए ।
कक्षा प्लेग्रुप र नर्सरीका ६० जना अभिभावकको सहभागिता रहेको विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा रस्सा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।