कक्षा २ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक‚ शिक्षक र विद्यालय प्रशासन बिचमा वृहत अन्तरक्रिया कार्यक्रम आज विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।
August 29, 2026
August 29, 2026
कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यार्थीहरुको परीक्षा र मूल्याङ्कन पद्धतिबारे जिज्ञासा राख्नुभयो । साथै आकस्मीक विपद् व्यवस्थापनमा विद्यालय चनाखो हुनुपर्ने कुरामा पनि जोड दिनुभयो ।
उक्त कार्यक्रममा कक्षा २ का कक्षा शिक्षकहरु रञ्जना बानिया‚ पुजा काफ्ले‚ खिम कुमारी थापा र उमा सुनारले आ—आफ्ना विद्यार्थीहरुको समष्टिगत विवरण प्रस्तुत गर्नुभयो ।
विद्यालयका ५० बढी अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता‚ सहप्राचार्य लेखनाथ काफ्लेको स्वागत र प्रा.वि.संयोजक रस्सा के. सी. को सञ्चालनमा सम्पन्न भयो ।