Congratulations to all the participants!!!
August 6, 2026
August 6, 2026
कार्यक्रमलाई सम्बोधन गर्दै सह–प्राचार्य प्रदीप अधिकारीले कविता मानवीय संवेदना, करुणा र प्रज्ञाको विकास गर्ने सशक्त माध्यम भएकाले विद्यार्थीहरूलाई साहित्यप्रति आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए। समाज परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालयले नियमित रूपमा यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको उनले उल्लेख गरे। प्रतियोगिताको जुनियरतर्फ कक्षा ५ की इप्सु पोखरेल प्रथम, निजु श्रेष्ठ द्वितीय, माल्भिका पौडेल तृतीय तथा शिवान्या आचार्य र लविशा चापागाईं सान्त्वना हुन सफल भए।
यस्तै, सिनियरतर्फ कक्षा १० का सुवोध पाठक प्रथम, कक्षा ९ का पुष्कल पाण्डे द्वितीय, कक्षा ८ की नेहा रोका तृतीय तथा वर्षा भट्टराई सान्त्वना घोषित भए।
विद्यालयका ६२ जना विद्यार्थी सहभागी रहेको प्रतियोगिता सह–प्राचार्य प्रदीप अधिकारीको अध्यक्षता तथा अतिरिक्त क्रियाकलाप प्रमुख दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक मिनु घिमिरे र सुमन पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए