कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक‚ शिक्षक र विद्यालय प्रशासन बिचमा वृहत अन्तरक्रिया कार्यक्रम आज विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।
September 6, 2026
September 6, 2026
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले साना उमेरका विद्यार्थीहरुलाई शिक्षण गर्दा शिक्षक र अभिभावक संयमित हुनुपर्ने र उनीहरुको संवेगात्मक‚ भावनात्मक र शारीरिक विकासलाई ध्यान दिदै उनीहरुका क्रियाकलापलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने वताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दिल्लीराज मारासिनीले विद्यालयमा शैक्षिक वातावरण निर्माण गर्न अभिभावक र शिक्षकबिच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यार्थीहरुको परीक्षा र मूल्याङ्कन पद्धतिबारे जिज्ञासा राख्नुभयो । साथै आकस्मिक विपद् व्यवस्थापनमा विद्यालय चनाखो हुनुपर्ने कुरामा पनि जोड दिनुभयो ।
उक्त कार्यक्रममा कक्षा १ का कक्षा शिक्षकहरु एलिसा गुरुङ्ग‚ कृति बुढाथोकी‚ रेखा बानिया र मिना न्यौपानेले आ—आफ्ना विद्यार्थीहरुको समष्टिगत विवरण प्रस्तुत गर्नुभयो ।
विद्यालयका ६० बढी अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता‚ सहप्राचार्य लेखनाथ काफ्लेको स्वागत र सह प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भयो ।