सगरमाथा आवसीय माविमा मुटु परिक्षण कार्यक्रम सम्पन्न
July 27, 2023
July 27, 2023
देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ मा रहेको सगरमाथा आवसीय माविमा मुटु परिक्षण कार्यक्रम सम्पन्न भएको। रोटरी क्लब अफ देवदहको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो।
रोटरी कल्ब अफ देवदह वर्ष २३/२४ का अध्यक्ष डा. सुन्दर पाण्डेय र देवदह मेडिकल कलेजको प्राबिधिक टोलीले सो विद्यालयका विद्यार्थीहरुको मुटु परिक्षण गरेको हो । कार्यक्रममा सात सय विद्यार्थीको मुटु परिक्षण गरिएको थियो। परिक्षणका कार्यक्रम मुटु सम्बन्धी समस्या भएकाहरुलाई थप परामर्शका लागि देवदह मेडिकल कलेजमा रिफर गरिएको आवसीय माविका प्राचार्य कृष्ण पौडेलले जानकारी दिएका छन्। प्राचार्य पौडेलले सो कल्बले देवदह नगरपालिका भित्रका करिव दुई हजार विद्यार्थीको मुटु परिक्षण गर्ने लक्ष्य सहीत् सो कार्यक्रम देवदहका बिभिन्न विद्यालयमा कार्यक्रम गरिरहेको बताए।